साउथ अफ्रीकाले गर्यो सिरिजमा कब्जा

साउथ अफ्रीकाको केपटाउनमा भएको पाचौ तथा अन्तिम एकदिवसीय सृंखलामा साउथ अफ्रीकाले सात विकेटको रोमान्चक जित संगै सिरिज ३-२ ले आत्मसाथ गरे । टस जितेर पहिला बलिंग गर्ने निर्णय गरेको घरेलु टोलि साउथ अफ्रीकाले तेस्रो ओभरमा डेल स्टेनको हात बाट विकेट निकाल्दै राम्रो सुरुवात गरे । पुरै ५० ओभर खेल्दै पाकिस्तानले ८ विकेटको छतिमा २४० रनको योगफल तयार पारेकोथियो तर त्यो रन साउथ अफ्रीकालाई रोक्न प्रयाप्त भएन । डि कक् (८३), डुप्लेसिस (५०), रासी भन डेर डुसेन (५०) को मदतले केवल ३ विकेटको छतिमा ४० ओभरमै लक्ष्य भेटायो । पाकिस्तानका फकर जामान (७०), इमाद वासिम (४७) , शोइब मलिक (३१), बबर आजम (२४) रन बनाएका थिएँ । त्यस्तै साउथ अफ्रीकाका डि कक् (८३), डुप्लेसिस (५०), रासी भन डेर डुसेन (५०), रेजा हेन्द्रिक्स (३४) , हसिम अमला (१४ ) रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *