नेपालले गर्यो सिरिजमा १-१ को बराबरी

आई सी सी एकेडेमी दुबईमा भएको दोस्रो टि २० खेलमा नेपालले ६ विकेटको जित निकाल्दै सिरिजमा बराबरी गरेको छ । टस जितेर पहिला ब्याटिंग गर्ने निर्यणय गरेको यू ए ई ले १९.२ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १०७ रन बनाएको थियो । सोमपाल कामी, कारण केसी र सन्दिप लामिछानेले समान २-२ विकेट र अभिनाश बोहराले ३ विकेट लिदै यू ए ईका खेलाडीहरुलाई खुलेर खेल्ने मौका दिएनन् र कम रनमा सबै टिमलाई समेट्न सफल रहे ।
यू ए ईका सिपि रिवाज बाहेक अरु खेलाडीहरुले खासै राम्रो प्रदशन गर्न सकेनन् । यू ए ईका ७ जना खेलाडीहरुले व्यक्तिगत ७ रनको आकडा पनि पार गर्न भने सकेनन् ।यू ए ईका सिपि रिवाजले एक्लै ४३ बलको सामना गरि ४४ रनको योगदान दिए र टिमलाई एउटा सम्मान जनक स्कोर मा पुर्याए ।
१०८ रनको लक्ष्य पछ्याउन मैदानमा ओर्लिएका नेपलको सुरुवात भने राम्रो रहेन । इन्निङ्गको दोस्रो बलमै कप्तान पारस खड्का ० रनमै आउट भएपछि नेपालको विकेटको पतन सुरु भएको हो । १०.१ ओभरमा ४६ रनको स्तिथि नेपालले आफ्नो प्रारम्भिक ५ विकेट गुमाईसकेको थियो ।
यस्तोमा दिपेन्द्र सिंह एरि र पवन सराफले ५५ रनको महोत्पुर्ण साझेदारी गर्दै टिमलाई जित तर्फ लागेका थिए । दिपेन्द्र सिंह एरिले सर्बाधिक ४७ रन बनाएका थिए भने पवन सराफले १८ रन बनाउदै एरीलाई साथ दिएका थिए । नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउदै आफ्नो लक्ष्य भेट़ाउन सफल भयो ।यू ए ईका सुल्तान अहेमदले २ विकेट लिए भने मोहम्मद नावेद, अमिर हायत,इमरान हैदर र ज़हूर खानले समान १-१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *