यू ए ई संगको पहिलो टि २० खेलमा नेपालको हार

दुबईको आई सि सि ग्राउंड भएको नेपाल विरुद्ध यू ए ई को पहिलो टि २० खेलमा यू ए ई ले जित हात परेको छ ।नेपालले टस जितेर यू ए ई लाई पहिलो ब्याटिंग को लागि आमन्त्रण गरेको थियो । यू ए ई ले निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १५३ रन बनाएको थियो । यू ए ईका लागि शैमन अनवरले निकैनै आक्रामक ब्याटिंग गर्दै २ छक्क र ५ चौकाको मदतले ३८ बलमा ५९ रन बनाएका थिए भने उनलाई साथ दिदै मोहम्मद उस्मानले ३० , सि पि रिवाजले २२ तथा मोहम्मद बॊताले २० रन बनाएका थिए । बलिङ्ग तर्फ नेपालका सन्दिप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट हात परे भने सोमपाल कामि र अविनाश बोहराले १-१ विकेट लिन सफल रहे ।
१५४ रनको लक्ष्य पछ्याउन मैदानमा ओर्लिएका नेपाली टोलिको सुरुवात भने राम्रो हुन सकेन। नेपालले इन्निंगको पहिलो बलमै प्रदिप एरिलै गुमाउन पुग्यो ।
नेपालका लागि सर्बाधिक रन सन्दिप जोराले बनाए । उनले ४६ बलको सामना गरि ३ चौका र १ छक्क प्रहार गरि ५३ रन बनाउदै नट आउट रहे भने सोमपाल कामिले २७ र कप्तान पारस खड्काले २५ रन बनाएका थिए बाकी अन्य खेलाडीहरुले दोहोरो अंक समेत बनाउन सकेनन् । १५४ रनको लक्ष्य पछ्याएका नेपाली टोलिले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १३२ रन रङ जोडेका थिए । नेपाली टोलीलाई रोक्ने क्रममा यू ए ई का मोहम्मद नावेद, सुल्तान अहेमद र ज़हूर खानले समान २-२ विकेट लिएका थिए भने अमिर हायतले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *