नेपालले गर्यो टि 20 सृंखलामा कब्जा

दुबईमा भएको तेस्रो तथा अन्तिम टि २० खेलमा नेपालले १४ रनको अन्तरले जित निकाल्दै २-१ ले टि २० सृंखला पनि आफ्नो नाममा राख्न सफल भए ।
पहिलो दुई टि २० खेलमा यू ए ई र नेपाल दुवैले १-१ खेल जितेका थिए र तेस्रो खेल अन्तिम तथा निर्णायक खेल थियो ।
२० ओभरको खेल खराब मौसमको कारणले गर्दा १०-१० ओभरमा सिमित गरिएको थियो । यू ए ई ले टस जितेर पहिला फिल्डिंग गर्ने निर्णय गरेको थियो ।
नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउदै १०४ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्बाधिक २९ रन बनाएका थिए । कप्तान पारस खड्काले १४ बलको सामना गरि ४ चौका र १ छक्का प्रहार गरेका थिए त्यस्तै उनलाई साथ् दिने क्रममा सन्दीप जोराले ११ बलको सामना गरि ३ छक्का प्रहार गर्दै २८ रन जोडेका थिए । क्रमश बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्ल ११ र करण केसी ले १० रनको योगदान दिए ।
१०५ रनको लक्ष्य पछ्याउन मैदानमा ओर्लिएका यू ए ई को सुरुवात निकैनै आक्रामक थियो । सुरुवातको ५ ओभर भित्र यू ए ईले आफ्नो २ विकेट गुमाएर ६० रन बनाईसकेका थिए । यू ए ई का प्रारम्भिक ब्याट्सम्यान गुलाम शब्बेर र शैमन अनवरले टिमलाई जित तर्फ निकैनै तेजिले बढाई रहेका बेला अभिनाश बोहराले गुलाम शब्बेरलाई आउट पार्दै उनको जोडी तोडेका थिए भने करण केशीले एक ओभरमै शैमन अनवर र मोहम्मद नावॆदलाई आउट पार्दै खेल आफ्नो तर्फ मोडेका थिए ।
यू ए ईका लागि गुलाम शब्बेरले १५ बलको सामना गरि २५ बनाएका थिए भने शैमन अनवरले २० बलको समान गरि ३० रन बनाएका थिए साथै मोहम्मद बोताले ११ रनको पाली खेलेका थिए बाकी अन्य खेलाडीहरुले राम्रो रन बनाउन सकेनन् । यू ए ईले पुरा १० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा ९० रन बनाएका थिए ।
यू ए ई लाई रोक्ने क्रममा नेपालका कारण केसी, अभिनाश बोहरा र ललित राजबंशी ले समान २-२ विकेट लिएका थिए भने सन्दिप लामिछाने र सोमपाल कामिले १-१ विकेट लिन सफल रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *