जापानलाई हराउदै कतारले पहिलो पटक एसिया कप जित्यो

कतारका खेलाडी एसिया कप जिते पछि

शुक्रबार भएको खेलमा कतारले ईतिहास रच्दै पहिलो पटक एशिया कप उचालेको छ । चार पटक च्यम्पिअन्सको खिताब जितिसकेको जापानलाई फायनलमा ३-१ले हराउदै ट्रफी पहिलोपटक आफ्नो नाममा गर्न सफल भए । खेलको १२औ मिनेटमा कतारका स्ट्राइकर अलमोज अलीले पहिलो गोल गर्दै जापान माथि आफ्नो दबाब बनाएका थिए ।
पहिलो गोलको केहि समय पश्च्यात अब्दुलअजिज हातिमले २७औ मिनेटमा दोस्रो गोल गर्दै खुसीलाई दोब्बर पारे । यस गोल संगै कतार पहिलो हाफमा २-० ले अघि बढ्दै जापान माथि आफ्नो दबाब कायम नै राखे ।
पाचौ चोटी टाइटल आफ्नो नाममा गर्ने अठोटको साथ मैदानमा आएका जापानले खेलको ६९औ मिनेटमा ताकुमी मिनामिनोले पहिलो गोल गर्दौ जितको आशा जिवितै राखेका थिए ।
तर यो चोटीको च्याम्पियनसिप कतारले आफ्नै नाममा गर्ने पक्का गरेर आको थियो होला त्यसैले खेलको अन्त्य तिर ८३औ मिनेटमा अकरम अफिफले पेनाल्टीमा सानदार गोल गर्दै जित पक्का गरे र जापानलाई फेरी खेलमा फर्कने मौका दिएनन् ।
यस भन्दा पहिला कतार कहिले पनि क्वाटरफाइनल भन्दा अगाडी बढेका थिएनन् र फाइनलमा पुग्नु अगाडीनै १६ गोल गरिसकेका कतारले च्याम्पियनसिपमा आफ्नो दबदबा बनाईसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *